काठमाण्डौ । कुल बजार पूँजीकरणले आज सर्वाधिक रेकर्ड कायम गरेको छ ।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेप्से परिसूचकले आज सर्वाधिक उचाई कायम गरेको दिन बजार पूँजीकरणसमेत २८ खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ बढी भएको छ ।

सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार बजार पूँजीकरण हिजोको तुलनामा ३३ अर्ब रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ । आजै नेप्से सूचक र बजार पूँजीकरणले समेत ऐतिहासिक रेकर्ड बनाएको हो ।

यसअघिको नेप्से अलटाइम हाई गत डिसेम्बर २ तारिखमा कुल बजार पूँजीकरण २७ खर्ब ७५ अर्ब रुपैयाँ बढी थियो भने हिजो बुधबार पनि बजार पूँजीकरण २७ खर्ब ७५ अर्ब रुपैयाँ बढी थियो ।

आज नेप्से परिसूचक २५.२१ विन्दूले वृद्धि हुँदा २०८७.२८ विन्दू उक्लिएको छ भने ५ अर्ब ७० करोड ३४ लाख रुपैयाँ बढी कारोबार सम्पन्न भएको छ ।