काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक मंगलबार पनि दोहोरो अंकले बढेको छ । बीचको केही समय बढ्ने क्रम भंग भई करेक्सनको बाटो समातेको शेयर बजारमा सोमबारदेखि सुरु भएको उछालको क्रम मंगलबार पनि जारी रहेको हो । 

मंगलबार नेप्से परिसूचक १२.७३ अंकले वृद्धि भई १३२७.२६ अंक कायम भएको छ । 

बजार खुल्दा नेप्से १३६२.५५ अंकमा थियो । त्यसपछि बढ्ने क्रम सुरु भएको र बजार बन्द हँुदा दोहोरो अंकको वृद्धि रेकर्ड भएको हो । नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार ४६ करोडको मात्र शेयर किनबेच भएको दोश्रो बजारमा मंगलबार ५४ करोड ७१ लाखको कारोबार भयो । ९ लाख ८६ हजार कित्ता शेयर २ हजार ७ सय ८० वटा कारोबारबाट किनबेच भएको थियो । 

मंगलबार एकै दिन ग्लोबल आइएमई बैंकको मात्रै २ करोड ९२ लाख रुपैयाँ मूल्यका ५९ हजार २ सय ८६ कित्ता शेयर खरीदबिक्री भयो । प्रति कित्ता शेयर मूल्यमा एकैदिन १.६४ प्रतिशतले वृद्धि भई ग्लोबल आइएमईको शेयर मूल्य ४ सय ९५ रुपैयाँ कायम भएको छ । यसैगरी, सिटिजन्स बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, सनराइज बैंक, नेशनल लाइफ, नेपाल बंगलादेश बैंक, नेपाल बैंक र सानिमा बैंकको सेयर पनि दुई करोड भन्दा माथि कारोबार भएको छ ।