काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा १७१.७४ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । 

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले ९९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

संस्थाको सञ्चालन मुनाफा प्रथम त्रैमासमा ४ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा १ करोड ५५ लाख रुपैयाँ रहेको थियो । 
संस्थाले खुद ब्याज आम्दानी ११ करोड २३ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष ८ करोड ८० लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ । 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार ९०.९६ प्रतिशतले बढाएको छ । गत वर्ष २६ करोड ८७ लाख रुपैयाँ रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ५१ करोड ३३ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ३४ करोड ५७ लाख रुपैयाँ थियो । 

संस्थाको  वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २७.१३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २२९.०९ रुपैयाँ पुगेको छ ।