काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ५० हजार कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ।

संस्थाले यही पुस १६ गतेबाट संस्थापक समूहको ५२ हजार ७५० कित्ता सेयर लिलामीमा राख्न लागेको हो। लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिने सेयरको न्यूनतम प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदकले क्यापिटलमा बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम दिन पुस २३ गते बैंकिङ समयसम्म तोकिएको छ।