काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने बोनस र कर प्रयोजनाका लागि ०.४२ प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा संस्थाले कुल २०.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १५ प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद लाभांश रहेका थिए।

यो हिसाबले अघिल्लो वर्षको तुलनामा यो संस्थाका लाभांशमा १०.३७ प्रतिशतले संकुचन आएको छ।