काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी साउन १६ गतेदेखि सर्वसाधारणका लागि ३ लाख कित्ता सेयर निश्कासन(इनिसियल पब्लिक अफरिङ अर्थात आइपीओ) गर्ने भएको छ । 

आइपीओका लागि आवेदन दिने प्रारम्भिक समय साउन १९ गतेसम्म तोकिएको छ । त्यतिबेलासम्म पनि माग भएअनुसार आइपीओको आवेदन नपरे अधिकतम साउन ३० गतेसम्ममा भर्नुपर्नेछ । 

आइपीओका लागि इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो कम्पनीले कुल निश्कासित हुने आइपीओमध्ये १२ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता सेयर सातवटा सामूहिक लगानी कोषका लागि छुट्याएको छ । १५ हजार कित्ता सेयरमा नवील ब्यालेन्स फण्ड–१, एनएमबी सुलभ फण्ड–१, एनआइबिएल समृद्धि फण्ड–१, लक्ष्मी भ्यालु फण्ड–१, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–१ र ग्लोबल समुन्नति फण्डले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ७३ हजार कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिनसक्नेछन् । 

एनआइबिएल क्यापिटल मार्केट नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

यो कम्पनीले आइपीओबाट ३ करोड रुपैयाँ पूँजीमा वृद्धिको योजना बनाएको छ । आइपीओपछि हाल ७ करोड रहेको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । 

आइपीओको व्यवस्थापनपछि यो कम्पनीमा  संस्थापक–सर्वसाधारण सेयर स्वामित्व अनुपात ७०–३० प्रतिशत कायम हुनेछ । 

नेशनल माइक्रो फाइनान्सले सन् २०१४ देखि राष्ट्रिय स्तरको लघुवित्त कम्पनीको रुपमा आफ्नो कारोबार सुरु गरेको थियो । यो कम्पनीले आर्थिक वर्ष २०७२÷७३ को ९ महिनाको अवधिमा २ करोड ७२ लाख खूद नाफा आर्जन गरेको थियो । 

काठमाण्डौ उपत्यकाभित्रबाट आइपीओका लागि आवेदन दिनेहरुसँग डिम्याट खाता अनिवार्य हुनुपर्नेछ भने काठमाण्डौ बाहिरका संकलन केन्द्रहरुको हकमा भने यो व्यवस्था तत्काल आवश्यक छैन । अर्थात, आगामी माघ १ देखि मात्रै काठमाण्डौ बाहिरका लगानीकर्ताका लागि यस्ता स्कीममा आवेदन दिनका लागि डिम्याट खाता अनिवार्य गरिएको छ । 

कहाँ–कहाँबाट भर्ने आइपीओ ?
१.एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ

२.नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडको दरबारमार्ग काठमाण्डौ र शाखा कार्यालयहरु(उपत्यकाभित्र र बाहिरका सबै, सम्पर्क व्यक्ति : बद्रीप्रसाद प्याकुरेल, फोन : ०१–४००५०८०

३.नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेड, निलकण्ठ ५, धादिंगबेसी तथा सप्तरी, सिरहा, महोत्तरी र रौतहटस्थित शाखा कार्यालय, सम्पर्क : शेषनारायण पोखरेल, फोन : ०१०–५२०८७६

४.गोर्खाज फाइनान्स लिमीटेड, डिल्लीबजार काठमाण्डौ र शाखा कार्यालयहरु : बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्यबिनायक, दमक, धरान, इटहरी, नारायगढ र विर्तामोड । सम्पर्क : मुकुन्द श्रेष्ठ, फोन : ०१–४४३०५२७

५. सिनर्जी फाइनान्स लिमीटेड, कमलादी काठमाण्डौ तथा शाखा कार्यालयहरु : गोंगबु, न्यूरोड पोखरा र मिलनचोक बुटवल । सम्पर्क व्यक्ति : राजेश पुरी, सम्पर्क फोन : ०१–४४४२४६१

६.साझा विकास बैंक लिमीटेड, धनगढी, कैलाली तथा शाखा कार्यालयहरु : टिकापुर र महेन्द्रनगर । सम्पर्क व्यक्ति र फोन : नरसरा कुँवर, ०११–५२६००६