काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन्।

नियमनकारी निकाय बीमा समितिले स्वीकृति प्रदान गरेसँगै खत्री नेशनल लाइफको सीईओमा नियुक्त भएका हुन्। कम्पनी सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमति मागेको थियो। उक्त सिफारिसलाई स्वीकृति प्रदान गर्दै बीमा समितिले खत्री सीईओमा नियुक्तिको सहमति प्रदान गरेको हो। 

नेशनल लाइफमा गत पुस ५ गतेबाट सीईओ भरतबहादुर बस्नेतको पदावधि सकिएको थियो। त्यसपछि कम्पनीले नायब सीईओ खत्रीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो। 

खत्रीसँग बीमा क्षेत्रमा करिब साढे २ दशक लामो अनुभव रहेको छ। उनले बैंगलोरबाट एमबीए गरेका छन्।