काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडका सेयरधनी मालामाल हुने भएको छ । 

यो कम्पनीको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांशको डबल अफर सार्वजनिक गरेको हो । 

कम्पनीले प्रस्ताव गरेको कुल ४० प्रतिशत लाभांश गत वर्षको भन्दा बढी हो । गत वर्ष २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

घोषित बोनस सेयरको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी बढेर १५ करोड ३ लाखको उचाईमा पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ८ करोड ५७ लाख खूद नाफा आर्जन गरेको थियो । 

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।