काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना एक विमितको मृत्युपछि उनका परिवारलाई १ करोड ३ लाख बढी दाबी भुक्तानी गरेको छ । 

झापाको विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा आज एक कार्यक्रम आयोजना गरी आयोजना गरी स्व. इन्द्रप्रसाद दंगालको मृत्यू दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 

स्व. दंगालले २०७६ साल असार ३१ गते रु ५० लाखको दोहोरो दुर्घटना लाभसहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेका थिए । उनको २०७६ साल कार्तिक ४ गते दुर्घटनाका कारण मृत्यु भएको थियो । मृत्युपछि उनले इच्छाइएको व्यक्ति उनकी पत्नी सुष्मिता थपलिया(दंगाल) लाई उक्त कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले वीमा दाबीबापत रकम १ करोड ३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो दाबी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछ्र्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख कमलबहादुर बुढाथोकीले गराए ।

कार्यक्रममा कम्पनीका एक नम्बर प्रदेश प्रमुख नरेन्द्र राई, धरान शाखा प्रमुख हरिप्रसाद खतिवडा, दमक शाखा प्रमुख सुमनकुमार राई, चीफ बिजनेश म्यानेजरहरु बन्धुकुमार निरौला, दीपा ओली लगायत विजनेश मेनेजर, अभिकर्ताहरु एवम स्व. दंगालका पारिवारिक सदस्यको उपस्थिति रहेको थियो ।