काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ।
दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा ६१.६८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ। समीक्षा अवधिमा संस्थाले ९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाले १४ करोड ६८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। जुन गत वर्ष यही अवधिमा ८ करोड ९९ लाख रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमासमा संस्थाले १८ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। जुन गत वर्ष यही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ थियो।
यो अवधिमा संस्थाले १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९७ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार २४.४७ प्रतिशतले बढाएको छ। गत वर्ष यही अवधिमा १८ करोड ८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर २२ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
संस्थाको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १५ करोड ८ लाख रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७०.२९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९.६८ रहेको छ।
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago