काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सको कामु सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । 

हाल यो कम्पनीका सीइओ भरतबहादुर बस्नेतको पदावधि पुस ५ गतेबाट सकिएपछि कामुको रुपमा खत्रीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

पुस ३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । 

पदावधि सकिएका सीइओ बस्नेत भने विदा भएका छन् । 

कामु सीइओमा नियुक्त खत्री विगत ३२ वर्षदेखि नेशनल लाइफमा आबद्ध छन् ।