काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा विलय हुन लागेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार महिला सहयात्राको धितोपत्र कारोबार रोक्का गरेको हो। बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ बमोजिम महिला सहयात्रा लघुवित्तको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई हिजो बिहीबार प्राप्त गर्ने सम्बन्धमा प्रारम्भिक समझदारी गरेको थियो। समझदारीपत्रमा नेशनलका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राका अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
नेशनल माइक्रोफाइनान्स ७ प्रदेशका ४३ वटा जिल्लामा फैलिएका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको संस्था हो। यो लघुवित्तमा ४ वाणिज्य बैंकहरुले ४८.५ प्रतिशत, ३ वटा विकास बैंक र वित्तीय संस्थाले १२.५ प्रतिशत, व्यक्तिगत संस्थापकले ९ प्रतिशत र सर्वसाधारणले ३० प्रतिशत लगानी गरेका छन्।
नेशनल माइक्रोफाइनान्सको चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ।
यस्तै मकवानपुरको थाहा नगरपालिका वडानम्बर ९ मा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्तको सेवा २, ३, ४ र ५ प्रदेशका विभिन्न १८ जिल्लामा विस्तार भएको छ। यो कम्पनीको चुक्तापूँजी ११ करोड रहेको छ। अधिकृत पूँजी भने २० करोड रुपैयाँ रहेको छ।
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago