काठमाण्डौ । गत आर्थिक वर्षको बम्पर लाभांश अनुमोदन गर्न नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ ६ गते आठौँ वार्षिक साधारणसभा डोकेको छ।
सभा धादिङको धादिङबेसीस्थित क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्।
सभाले अन्य लघुवित्त संस्थालाई प्राप्ति गर्ने र आपसमा गाभिने प्रयोजनका लागि आवश्यक भए समिति गठन गरी उपयुक्त वित्तीय संस्थाको पहिचान तथा छनोट गर्न तथा अन्य आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि सभामा छलफल गरी पारित हुनेछन्।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले गत पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
21 minutes ago
28 minutes ago
36 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago