काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ८३ लाखमा सीमित थियो । 

यो अविधमा नेशनलले ३ करोड ९२ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दान ि३ करोड ५ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा यो माइक्रोफाइनान्स कम्पनीले ४० करोड निक्षेप संकलन गरी तथा १ अर्ब ४७ करोड सापटी लिई १ अर्ब ६८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १३ करोड ४५ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ५ करोड सापटी लिई ९६ करोड ५७ लाख कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले जगेडा कोषमा १० करोड ५१ लाख रुपैयाँ राखेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कोषमा ६ करोड ६५ लाख रुपैयाँ मात्र थियो । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.७६ प्रतिशतमा सीमित निस्क्रिय कर्जा बढेर ०.८० प्रतिशत पुुगेको छ भने ४.७२ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ९.१९ प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिमा नेशनल माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ६५.७४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १८७.६१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.६५ गुणा कायम भएको छ ।