काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन ९ अर्ब ११ करोड रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय २ अर्ब ४८ करोड रुपैयाँमात्र थियो। 

यो अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी ४३.११ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको नाफा २.५५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३९ करोड १२ लाख रुपैयाँ नाफा गरेको कम्पनीले समीक्षा अवधिमा ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

कम्पनीको व्यवस्थापन खर्च ४०.७४ प्रतिशतले वृद्धि भएर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ८० करोड ५३ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर ४२ अर्ब ४२ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ३३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो। १ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ८८ करोड २४ लाख रुपैयाँमा सीमित बनेको छ। 

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या ९ लाख ४५ हजार १९७ रहेको छ। अघिल्लो वर्ष कुल कायम बीमालेखको संख्या ८ लाख १० हजार ८३२ रहेको थियो।

चुक्तापुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ११.८३ रुपैयाँ, पीई अनुपात ९७.३० गुणा र प्रतिसेयर नेटवर्थ १३४.३३ रुपैयाँ रहेको छ।