काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनीले यही असार ३१ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौ–१० विनायकनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्नेछ। 

यसैगरी अन्य हाइड्रोपावर कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित गर्नेछ। 

कम्पनीले यसअघि गत चैत २७ मा डोकेको वार्षिसाधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। 

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि गत चैत १३ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत चैत १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य भएका छन्।