काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित आफ्नो २६ औँ वार्षिक साधारणसभा फेरि डाकेको छ। 

कम्पनी सञ्चालक समितिको शुक्रबार (चैत ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुनः आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ। 

यसअघि गत फागुन १० गते बसेको सञ्चालक समितिले बैठकले कम्पनीको वार्षिक साधारणसभा चैत ३ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर, उपस्थित सेयरधनीको गणपूरक संख्या नपुगेपछि वार्षिक साधारणसभा स्थगि गरिएको थियो। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत फागुन १९ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ फागुन १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन योग्य भएका छन्।