काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले कम्पनीको आम्दानी १९.४१ प्रतिशतले घटेको छ।
चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ८३ लाख ३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ३ करोड ४४ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १.५९ रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ३.१५ रुपैयाँ रहेको छ।
मूल्य आम्दानी अनुपात ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४१ रुपैयाँ रहेको छ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago