काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ मा नाफा १४.५१ प्रतिशतले बढाउन सफल भएको छ। 

सोमबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्ष २०७५/६६ को तुलनामा समीक्षा अवधिमा १३ लाख ३० हजार रुपैयाँ बढी नाफा आर्जन गरेको हो। गत वर्ष कम्पनीले १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष ९१ लख ६५ हजार रुपैयाँमा सीमित थियो। 

कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढाएर ५ करोड ५७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३ करोड १ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष २ करोड ६७ लाख रुपैयाँमात्र रहेको थियो। 

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोडर रुपैयाँ रहेको छ। जगेडा कोष (रिजर्भ) भने ३६ करोड ७ लाख रुपैयाँले ऋणात्मक देखिएको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३.८९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ६९ पैसा रहेको छ।