काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर मंसिर १७ गतेबाट लिलामीमा राख्ने भएको छ।

संस्थाले संस्थापक समूहको १ लाख ४ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

धितोपत्र बिक्री प्रबन्धमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले पुस १ गते बैंकिङ समयसम्म एनआईबीएल एस क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।