काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख बढी कित्ता संस्थापक सेयर आज बुधबारबाट लिलामीमा राखेको छ।

संस्थाले कुल १ लाख ४ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७२५ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र आउँदो पुस १ गते बैंकिङ समयभित्र गरिसक्नुपर्नेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा बुझाउनुपर्ने छ।