काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको कुल २७ प्रतिशतले हुन आउने ७ करोड १२ लाख ९२ हजार २१७ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रतिशतका हिसाबलेप्रस्तावित लाभांशमा २१ प्रतिशतले हुन आउने ५ करोड ५४ लाख ४९ हजार ५०२ रुपैयाँबराबरको बोनस सेयर र ६ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ४२ हजार ७१५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

यद्यपि यो लाभांश अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल ८० लाभांश वितरण गरेको थियो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।