काठमाण्डौ । फोनबाट मोबाइल फोन र त्यसपछि स्मार्टफोनसम्मको यात्रा निकै छोटो छ। कुराकानीका लागि डिजाइन गरिएको यो यन्त्रको इतिहास साधारण मानिसबीच केही दशक रहेको छ। अब यो चाँडै नै इतिहासको हिस्सा बन्न सक्ने अनुमान गरिएको छ। 

आजभन्दा १५–२० वर्षपहिले विभिन्न अत्याधुनिक फिचरहरुसहितको स्मार्टफोन हातमा बोकेर हिँड्नु एक कल्पना थियो। स्मार्टफोनको तीव्र विकासका कारण अहिले यसको भविष्यमाथि प्रश्न उठ्न थालेको छ।

नोकिया सीईओ पेक्का लुन्डमार्कको विश्वास छ कि सन् २०३० सम्ममा ६जी प्रविधिको सुरुआत भइसकेको हुनेछ। तर, त्यतिन्जेलसम्म स्मार्टफोनहरु ‘सामान्य इन्टरफेस’ हुने छैनन्। 

डाभोसमा जारी वर्ल्ड इकोनोमिक फोरममा लुन्डमार्कले सन् २०३० सम्ममा ६जी व्यावसायिक बजारमा प्रवेश गर्ने दाबी गरे। उनले ६जी आउनुअघि नै मानिसले स्मार्टफोनभन्दा स्मार्ट चस्मा र अन्य उपकरण प्रयोग गर्न थालिसक्ने बताए। ‘त्यतिबेलासम्म हामीले प्रयोग गरिरहेका स्मार्टफोन सबैभन्दा बढी प्रयोग हुने इन्टरफेस हुने छैनन्।’

यद्यपि लुन्डमार्कले कुन उपकरणका बारेमा कुरा गर्दैछन् भन्नेबारे खुलाएका छैनन्। एलन मस्कको न्युरालिंकजस्ता केही कम्पनी हाल यसमा काम गरिरहेका छन्। उनीहरुले ब्रेन कम्प्युटर इन्टरफेस तयार गरिरहेका छन्।

गत वर्ष अप्रिलमा मस्कले एउटा फुटेज जारी गरी यसको डेमो देखाएका थिए। भिडियोमा उनले मेल मकाक (अफ्रिकी लंगुर)को दिमागमा कसरी चिप लगाइएको छ र ‘माइन्ड पोङ’ प्ले भइरहेको छ। 

लंगुरलाई जोइस्टिक मुभ गर्न तालिम दिइएको थियो। तर, यो परीक्षणका क्रममा अनप्लग राखिएको थियो। मकाकले आफ्नो मस्तिष्कको मद्दतले पेडल नियन्त्रण गरिरहेको थियो। यद्यपि, उसलाई लागिरहेको कि उसले यो जोइस्टिकको मद्दतले गर्न सक्छ।

६जीका बारेमा धेरै कुरा अझै स्पष्ट छैनन्। –एजेन्सी