काठमाण्डौ । करोडपति बन्ने सपना सबैलाई हुुन्छ। तर करोडपति बन्नका लागि केही नियम कडाइका साथ पालन पनि गर्नुुपर्छ। 

अर्थशास्त्रमा नोबेल पुुरस्कार बिजेताका अनुुसार धनी बन्न सबैभन्दा पहिले सिढी बचत हुुन्छ। धनी बन्न सही दिशामा कदम बनाउन आवश्यक पर्छ। सही समयमा यस्तो कदम उठाउन आवश्यक छ, धेरै बचत र सम्पत्ति बनाउने आपसमा सीधा सम्बन्ध छ। धनी बन्न ४ मन्त्र ध्यान पुुर्याउनुुपर्छ। 

व्यवहारिक अर्थशास्त्रका पिता भनिने रिचर्ड थेलरले सन् २०१७ मा नोबेल पुुरस्कार पाएका थिए। व्यवहारिक अर्थशास्त्रमा उनको योगदनको कदर गरे उक्त पुुरस्कार दिइएको थियो। 

धनी बन्न कुुनै ठूूलो काम गर्न आवश्यक नरहेको थेलरको भनाइ छ तर यसका लागि एकाग्रता र सकारात्मकताको धेरै जरुरत पर्ने उनको ठहर छ। बचत र खर्चको तालमेल पनि हुुन जरुरी छ।

१. पहिलो मन्त्रः धेरै बचाउनुुस्

थेलरका अनुुुसार यदि तपाइँ धेरै बचत गर्ने बानी छैन भने छिट्टै गर्नुुहोस्। यदि कसैले २५ वर्षको उमेरमा सुुरुआत गर्यो भने केबल १ लाख वार्षिक लगानी ऊ ६० वर्षको उमेरमा ५ करोड रुपैयाँको मालिक बन्नेछ। वार्षिक १२ प्रतिशत रिटर्नका अनुुमान लगाइएको छ। 

यदि लगानी सुुरु गर्न १० वर्ष ढिला भएमा यति नै सम्पत्ति जुुटाउन वार्षिक ३.५ लाख रुपैयाँ गर्नुुपर्छ। यदि तपाइँ ४५ वर्षको उमेरमा बचत गर्न सुरु गर्नुुभयो भने अर्को १५ वर्षमा ५ करोड जुुटाउन वार्षिक १२ लाख रुपैयाँ लगानी चाहिन्छ।

खर्चमा समझदारी : क्रेडिट वा डेबिट कार्ड धेरै प्रयोग नगर्नुुहोस्। बोनस पाइयो भने पनि यसलाई तलबजस्तै मानेर खर्च र बचत गर्नुुुहोस्।

२. दोस्रो मन्त्र : बचतलाई लगातार बढाइरहनुु

थेलरका अनुुसार आफ्नो बचत निरन्तर रुपमा बढाइनुुपर्छ। किनकि वार्षिक बचत रकम बढाइरहँदा तपाईँ आफ्नो वित्तीय लक्ष्य चाँडै नै हासिल गर्न सक्नुुुहुुुन्छ। यसको मद्दतले तपाइँको ठूूलो लक्ष्य पनि सहजै हासिल गर्न सक्नुुहुुन्छ। यदि बचत बढाउनुुभएन भने महँगीको अनुुुपातमा बचत त्यति नै अनुुपातमा बढोत्तरी हुुँदैन।

के मद्दत मिल्नेछ : एसआईपीमा स्टेप आफ्नो जरुरुतका हिसाबले हुुन्छ। जरुरी छैन कि हरेक वर्ष रकम १० प्रतिशत बढ्छ। सकिन्छ भने ५ प्रतिशतले भए पनि बचत बढाउनुुहोस्।

३. तेस्रो मन्त्र : समझदारीपूूर्वक लगानी गर्नुुहोस्

थेलरका अनुुसार बचतलाई सही ठाउँमा लगानी गर्नुुभयो भने धेरै राम्रो रिटर्न पाउने आशा गर्न सकिन्छ। नोक्सानदेखि हुुुुने डरबाट बाहिर निस्किनुस्। आफ्नो पोर्टफोलियो सामान्य राख्नुुहोस्। धेरै प्रडक्ट सामेल गरी पोर्टफोलियो कम्प्लेक्स नबनाउनुुुस्। धेरै रिटर्नको आशा गर्नु सही होइन। लगानीलाई अनुुशासनमा राख्नुुस्। दीर्घकालीन सीप सुुरु गर्नुुहोस्। नियमित अन्तरालमा पोर्टफोलियोको समीक्षा गर्र्दै गर्नुुहोस्।

४. चौथो मन्त्र : फन्डको प्रयोग दोस्रो ठाउँमा प्रयोग नगर्नुुहोस्

तपाइँको लगानी लक्ष्यसँग लिंक गर्न धेरै आवश्यक छ। कुुनै एक लक्ष्यका लागि गरिएको लगानी अर्को दोस्रो काममा प्रयोग नगर्नुुस्। यसले तपाईँलाई फण्ड सयमभन्दा पहिले नै निकाल्न पर्नेहुुन्छ र लगानी सही तरिकाले बढ्दैन।

आकस्मिक फन्ड : लगानी सुुरक्षाका लागि आकस्मिक फन्ड बनाउनुु पनि एक तरिका हो। यो फन्डले तपाइँलाई आकस्मिक मद्दत दिनेछ। यस्तो अवस्थामा कुुनै विशिष्ट लक्ष्यका लागि कार्य गर्न जारी राख्दछ।

लकइनवाला लगानीमा पैसा लगाउनुुस् : लगानी सुुरक्षित राख्न अर्को विकल्प लकइनवाला लगानी गर्नुुहोस्। यसमा समयभन्दा पहिले लगानी फिर्ताको सुुविधा हुुँदैन र यदि यो कुुनै कारण हो भने ,त्यसपछि धेरै क्षति उठाउन पर्ने हुुन्छ। – एजेन्सी