काठमाण्डौ । प्राविधिक रुपमा सेयर बजारलाई विभिन्न टाइम फेरेममा हेर्न सकिन्छ। चार्टलाई जति लामो समयमा लगाएर हेरियो विश्लेषण गर्न त्यति नै भरपर्दो हुन्छ।
यसरी चार्टलाई हेर्ने क्रममा हामीले १ मिनेटदेखि ३ महिनाको समयावधिमा नेप्से तथा कुनै पनि स्टक मार्केटलाई हेर्न र विश्लेषण गर्न सक्छौँ।
आज डिसेम्बरको पहिलो दिन सेयर बजारमा कारोबार भएको छ। गत नोभेम्बरमा २१ दिन कारोबार भएको थियो। यी कारोबारलाई हामीले बोलिंगर ब्यान्डमार्फत दैनिक चार्टमा हेर्छौं भने नोभेम्बरभरि बजारले मध्य ब्यान्डभन्दा माथि–माथि कारोबार भएको देखिन्छ। यसले बजार साइडवेजमा चले पनि सम्हालिएको बुझिन्छ।
त्यसैगरी मन्थ्ली चार्टमा हेर्छौं भने त झनै प्रस्ट रुपमा बजारमा सुधार आएको देखिन्छ। बोलिंगर ब्यान्डमार्फत हेर्छौ भने सेप्टेम्बरमा ब्यान्डको तल्लो विन्दु छोएको बजारले क्रमशः अक्टोबर र नोभेम्बरमा माथि–मािथ सरेको देखिन्छ। (हेर्नुहोस् हरियो एरो)
त्यसैगरी सेप्टेम्बरको तुलनामा अक्टोबरमा लामो हरियो क्यान्डल बनेको छ। यसले बजारमा विस्तारै भोलुम र कारोबार दुबैमा सुधार भएको देखिन्छ। मन्थ्ली बेसमै म्याक्डीमार्फत हेर्ने हो भने पनि हिस्टोग्राम नेगेटिभ रहे पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन्। (हेर्नुहोस् कालो एरो)
त्यसैगरी मन्थ्ली बेसमा नै आरएसआईमार्फत हेर्ने हो भने ४१ को तहबाट सुधार भएर बजार ४४ को तहमा पुगेको देखिन्छ। यसले बजारमा विस्तारै सेयर कर्नरिङ हुँदै गएको हुन सक्ने अनुमान लगाउन सकिन्छ।
यस्तै सुधार निरन्तरता रहे डिसेम्बर महिनामा बजारले माथिको बाटो समात्न सक्ने सम्भावना पनि त्यत्तिकै छ।
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
28 minutes ago
36 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago