काठमाण्डौ । कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बुधबार बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। दराजको ११.११ छुट योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि लागू हुनेछ। 

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु. २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु. ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई–कमर्सका लागि सक्रिय गर्नुपर्नेछ।

माथि उल्लिखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागिमात्र प्रत्यक्ष हुनेछ। तसर्थ, आफ्नो ग्राहकलाई छिटो कार्ड ई–कमर्सका लागि सक्रिय गर्न र बिक्री सुरु हुनेबित्तिकै छुटहरु प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।