काठमाण्डौ । एलआइसी नेपालले प्रिमियम संकलनमा २६.४२ प्रतिशतको फड्को मारेको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८ अर्ब ७९ करोड प्रिमियम संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ९५ करोडमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले १० करोड ७१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९८ लाख नाफा आर्जन गरेको थियो । 

यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ९० करोड आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ३७ करोडमा सीमित थियो । 

यस्तै, पुनर्बिमा कमिसनबाट ९३ लाख, बिमालेखको धितोमा कर्जाबाट ६० करोड ९९ लाख आम्दानी भएको छ भने अन्य प्रत्यक्ष आय ११ करोड ९ लाख कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट १ करोड २९ लाख, बिमालेखको धितोमा कर्जाबाट ४० करोड ३१ लाख आर्जन गरेको थियो । यस्तै, अन्य प्रत्यक्ष आय चाहि ८ करोड ५ लाख मात्र थियो ।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब २१ करोड दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ६० करोड भुक्तानी गरेको थियो ।

यो अवधिमा कम्पनीको जीवन बिमा कोषमा ५१ अर्ब ४८ करोड जम्मा भएको छ । अघिल्लो वर्ष यही अवधिमा कोषमा ४० अर्ब ५८ करोड मात्र थियो ।

जगेडा कोषमा ५८ करोड ३५ लाख जम्मा भएको छ भने महाविपत्ति जगेडामा १४ करोड ३९ लाख जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा जगेडाकोषमा ३६करोड १२ लाख र महाविपत्ति जगेडामा ११ करोड २३ लाख जम्मा भएको थियो ।

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.१७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३७.१२ गुणा देखिएको छ।