काठमाण्डौ । राष्ट्रियस्तरका सबै आठवटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। 

मुक्तिनाथ, गरिमा, कामना सेवा, महालक्ष्मी, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रिला विकास बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय प्रदर्शनलाई विभिन्न ९ वटा सूचकका आधारमा केलाउने कोसिस गरेका छौँ। 

खुद नाफा

दोस्रो त्रैमाससम्म खुद नाफा बढी आर्जन गर्नेमा मुक्तिनाथ अगाडि देखिएको छ। यो बैंकले यस अवधिसम्म ६० करोड २४ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। 

नाफा आर्जनको हिसाबले गरिमा विकास बैंक दोस्रो स्थानमा छ। यो बैंकले ४९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

तेस्रो स्थानमा महालक्ष्मी विकास बैंक रहेको छ। यो बैंकले ४५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

त्यसैगरी लुम्बिनीले ३५ करोड १७ लाख रुपैयाँ, शाइन रेसुंगाले ३४ करोड ८८ लाख रुपैयाँ, ज्योतिले ३४.४० लाख रुपैयाँ, कामना सेवाले ३४ करोड ३६ लाख रुपैयाँ र सांग्रिलाले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

सञ्चालन मुनाफा

यो सूचकमा पनि मुक्तिनाथ नै अगाडि रहेको छ। यो बैंकले ८६ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। 

सञ्चालन मुनाफा ७० करोड ३९ लाख रुपैयाँसहित गरिमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा महालक्ष्मी ६८ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफासहित रहेको छ। 

शाइन रेसुंगाले यो अवधिसम्म ४९ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। ज्योति र कामना सेवाले पनि ४९ करोड रुपैयाँ बढी सञ्चालन मुनाफा गरेका छन्। 

सांग्रिलाले ३७ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्दा लुम्बिनीले भने २२ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ।

वितरणयोग्य मुनाफा

यो सूचकमा गरिमा अगाडि देखिएको छ। यो बैंकले दोस्रो त्रैमाससम्म ३५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ। २७ करोड ५० लाख रुपैयाँ वितरणयोग्य मुनाफासहित महालक्ष्मी दोस्रो स्थानमा र २४ करोड ९४ लाख रुपैयाँसहित लुम्बिनी विकास बैंक तेस्रो स्थानमा छन्।

मुक्तिनाथको भने वितरणयोग्य मुनाफा २२ करोड २१ लाख रुपैयाँ रहेको छ। त्यसैगरी शाइन रेसुंगाको २१ करोड ८० लाख रुपैयाँ, सांग्रिलाको १८ करोड ४ लाख रुपैयाँ, ज्योति विकास बैंकको १० करोड ५० लाख रुपैयाँ र कामना सेवा विकास बैंकको ९ करोड ६७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। 

खुद ब्याज आम्दानी

यो सूचकमा मुक्तिनाथ पहिलो र गरिमा दोस्रो स्थानमा छन्। मुक्तिनाथको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने गरिमाको १ अर्ब १७ करोड रुपैयाँ रहेको छ। ९१ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानीसहित ज्योति विकास बैंक तेस्रो स्थानमा छ।

यसैगरी खुद ब्याज आम्दानीतर्फ कामना सेवाको ९० करोड ५९ लाख रुपैयाँ, महालक्ष्मीको ८६ करोड २४ लाख रुपैयाँ, सांग्रिलाको ७९ करोड ५८ लाख रुपैयाँ, शाइन रेसुंगाको ४२ करोड ८७ लाख रुपैयाँ र लुम्बिनीको ३९ करोड ३७ लाख रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस)

यो सूचकमा महालक्ष्मी अग्रस्थानमा छ। यो बैंकको ईपीएस २७.३ रुपैयाँ रहेको छ।

यसैगरी २५ रुपैयाँ ईपीएससहित गरिमा दोस्रो स्थानमा र २१.९ रुपैयाँ ईपीएससहित कामना सेवा दोस्रो स्थानमा छन्। 

मुक्तिनाथ, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रिलाको भने ईपीएस क्रमशः २१.३ रुपैयाँ, १६.१ रुपैयाँ, १८.५ रुपैयाँ, २१.४ रुपैयाँ र १७.४ रुपैयाँ रहेको छ। 

खराब कर्जा दर (एनपीएल)

यो सूचकमा मुक्तिनाथ अगाडि देखिएको छ। यो बैंकको एनपीएल ०.२६ प्रतिशतमात्र रहेको छ। 

गरिमा ०.९६ प्रतिशत एनपीएलसहित दोस्रो स्थानमा र शाइन रेसुंगा ०.९८ प्रतिशत एनपीएलसहित तेस्रो स्थानमा छन्। 

कामना सेवाको १.७७ प्रतिशत, महालक्ष्मीको २.८९ प्रतिशत, ज्योतिको १.४७ प्रतिशत, लुम्बिनीको १.६७ प्रतिशत र सांग्रिलाको १.१५ प्रतिशत एनपीएल रहेका छन्।

रिटेन्ड अर्निङ

यो सूचकमा गरिमा अग्रस्थानमा छ। यो बैंकको रिटेन्ड अर्निङ १ अर्ब रुपैयाँ बढी रहेको छ। महालक्ष्मी ८४ करोड २६ लाख रुपैयाँ रिटेन्ड अर्निङसहित दोस्रो स्थानमा छ। 

तेस्रो सर्वाधिक रिटेन्ड अर्निङ लुम्बिनीको छ। यसको रिटेन्ड अर्निङ २४ करोड ९४ लाख रुपैयाँ रहेको छ। 

रिटेन्ड अर्निङतर्फ मुक्तिनाथको २२ करोड ८३ लाख रुपैयाँ, कामना सेवाको ९ करोड ६७ लाख रुपैयाँ, ज्योतिको १० करोड ५ लाख रुपैयाँ, शाइन रेसुंगाको २१ करोड ९९ लाख रुपैयाँ र सांग्रिलाको १० करोड ८२ लाख रुपैयाँ रहेको छ।

निक्षेप 

दोस्रो त्रैमाससम्म ८६ अर्ब ८३ करोड निक्षेपसहित मुक्तिनाथ अग्रस्थानमा छ। गरिमा ६५ अर्ब ७५ करोड रुपैयाँ निक्षेपसहित दोस्रो स्थानमा र ज्योति ४८ अर्ब २५ करोड रुपैयाँ निक्षेपसहित तेस्रो स्थानमा छन्।

यो अवधिसम्म कामना सेवाले ४७ अर्ब ७३ करोड रुपैयाँ, महालक्ष्मीले ४० अर्ब ४७ करोड रुपैयाँ, शाइन रेसुंगाले ३९ अर्ब ६७ करोड रुपैयाँ, लुम्बिनीले ३९ अर्ब २८ करोड रुपैयाँ र सांग्रिलाले ४५ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्।

कर्जा लगानी

कर्जा लगानीका हिसाबले पनि मुक्तिनाथ नै अग्रस्थानमा छ। यो बैंकले दोस्रो त्रैमाससम्म ८७ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गरिमा ५८ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानीसहित दोस्रो स्थानमा छ। ज्योति ४७ अर्ब ७३ करोड कर्जा लगानीसहित तेस्रो स्थानमा छ।

यो अवधिसम्म कामना सेवाले ४१ अर्ब १ करोड रुपैयाँ, महालक्ष्मीले ३३ अर्ब ७७ करोड रुपैयाँ, शाइन रेसुंगाले ३३ अर्ब ६८ करोड रुपैयाँ, लुम्बिनीले ३५ अर्ब ६७ करोड रुपैयाँ र सांग्रिलाले ४० अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।