काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने एकजना महिला सञ्चालकसहित दुईजना सञ्चालकहरुको निर्वाचन गर्नेछ।
सभामा आर्थिक वर्ष २०७८–७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १९ गतेदेखि चैत ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।
2 minutes ago
13 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago