काठमाण्डौ । ग्राहकहरुका लागि सहज एवं सुविधा प्रदान गर्ने उद्देश्यसहित, स्मार्ट टेलिकमले हालै न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेन्टरको स्थापना गरेको छ। 

यही सोमबारका दिनदेखि काठमाडौंको मुटु पाकोमा प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट स्मार्टका ग्राहकहरुले स्मार्टका सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् । यस सुविधा सम्पन्न सेन्टरबाट आफ्ना सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी सहजै प्रदान गर्नुका साथै ग्राहकहरुलाई आफ्नो ब्राण्ड एक्स्पेरियन्सको जीवन्त अनुभूति प्रदान गर्ने छ । 

हालै शुभारम्भ गरिएको स्मार्ट सेन्टरको समुद्घाटन स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गरेका थिए। कार्यक्रमका सिलसिलामा राजभण्डारीले ग्राहकहरुलाई सहज पहँुच एवं कम्पनीको  गुणस्तरीय सेवा प्रदान गर्नु नै यस सेन्टरको प्रमुख ध्येय रहेको कुरा उल्लेख गरे ।

स्मार्ट टेलिकमले हालै आफ्नो खुसीलाई डबल गर्नुहोस् भन्ने उद्देश्य सहित “डबल योर ह्याप्पिनेस” भन्ने योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले रु ९९ मा स्मार्टको सिमकार्ड खरिद गर्दा अर्को सिमकार्ड निःशुल्क प्राप्त गर्नुहुने छ र दुबै सिममा १ जिबि डाटा पनि उपलब्ध छ । 
यसका साथै, स्मार्टले आकर्षक दरमा डाटा प्याकहरु, अन्तर्राष्ट्रिय दुरसञ्चार सेवा, भ्वोइस तथा एस एम एस प्याकहरु प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडांै तथा पोखरामा उत्कृष्ट फोज जी सेवा प्रदान गर्दै आइरहेको छ । विभिन्न सुलभदरहरुमा ग्राहकहरुको आवश्यकता अनुसार सानादेखि ठूला फोर जी डाटा प्याकहरु पनि प्रदान गर्दै आएको छ ।