काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत चैत ३० गते बुधवार न्यू इयर इभका दिनमा स्क्यान टु पेमार्फत भुक्तानी गर्दा शत्प्रतिशत क्यासब्याक पाइने भएको छ । 

सोही दिन इसेवाको मोबाईल एप्स्मार्फत फोनपे नेटवर्कमा स्क्यान टु पे गर्दा सय जनाले अधिकतम रु. २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाउनेछन् । 

साथै न्यू इयर इभका दिनमा विभिन्न्न मर्चेन्ट, रेष्टुरेन्ट, क्लब, रिसोर्ट लगायतका हस्पीटालिटीमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । छुट प्राप्त हुने मर्चेन्ट तथा हस्पीटालिटीको सूची इसेवाको ब्लगमा राखिएको छ । साथै इसेवामार्फत भुक्तानी गर्ने व्यक्ति फोनपेको हेलिकप्टरमार्फत सगरमाथा घुम्न पाइने अफरमा समेत सहभागी हुनेछन् । 

फोनपे नेटवर्कमा न्यू इयर इभका दिनमा भुक्तानी गर्ने दशजना ग्राहक र १० वटा मर्चेन्टले  हेलिकप्टरमार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउनेछन् भने नाम्चे बजार नजिकै रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्ट गर्ने अवसर प्राप्त हुनेछ । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोलाप्रथामार्फत घोषणा गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।  ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।