काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमित संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ।

पछिल्लो २४ घन्टाको अवधिमा २ हजार २९४ जना निको भएर डिस्चार्ज भएको छ। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ। संक्रमणमुक्त हुने दर ९३.३ प्रतिशत पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ। तीमध्ये ७३७ जना बिरामी आईसीयूमा छन् भने १८३ जना भेन्टिलेटरमा छन्। 

यसैगरी होम आइसोलेसनमा ३४ हजार ८३८ जना, संस्थागत आइसोलेसनमा ३ हजार ३४२ जना र क्वारेन्टिनमा ४४१ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ। कुल मृतकको संख्या १० हजार २१२ पुगेको छ।