– रेखा चन्द

काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन अब केही दिनमात्रै बाँकी छ। केही दिनपछि नेप्सेमा सूूचीकृत कम्पनीहरुले धमाधम अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेछन्। त्यसपछि कम्पनीहरुले लाभांश घोषणा गर्ने सिजन पनि सुरु हुनेछ। 

यही परिप्रेक्ष्यमा आज हामीले राष्ट्रियस्तरका ८ वटा विकास बैंकका पछिल्लो ५ वर्षको लाभांश केलाएका छौँ। 

कुुन विकास बैंकले बाँढे ५ वर्षमा कति लाभांश ?

मुुक्तिनाथ

मुक्तिनाथ विकास बैंकले पछिल्लो ५ वर्षमा लगानीकर्तालाई कुल ९२.८% लाभांश दिएको छ। बैंकले आर्थिक वर्ष २०७३–७४मा २०% बोनस र १.०५% नगद गरी कुल २१.०५% लाभांश दिएको थियो। आर्थिक वर्ष २०७४–७५मा १८.२५% बोनस र ०.९६% नगद गरी कुुल १९.२१% दिँदा बैंकले आर्थिक वर्ष २०७५–७६मा १७.०६% बोनस र ०.९३% नगद गरी कुुल १८.५३% लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

यस्तै मुक्तिनाथले आर्थिक वर्ष २०७६–७७मा ११.२५% बोनस र ४.२६% नगद गरी कुुल १५.५१% लाभांश र आर्थिक वर्ष २०७७–७८मा १७.५७५% बोनस र ०.९२५% नगद गरी कुुल १८.५% लाभांश वितरण गरेको थियो।

शाइन रेसुुंगा

बैंकले आफ्ना लगानीकर्तालाई आर्थिक वर्ष २०७७–७८मा ११.५% लाभांश दिएको छ। यस्तै आर्थिक वर्ष २०७६–७७मा १३%, २०७५–७६मा १५%, २०७४–७५मा १८.६३% र आर्थिक वर्ष २०७३–७४मा २५% लाभांश वितरण गरेको थियो। 

शाइन रेसुुंगाले पछिल्लो ५ वर्षमा लगानीकर्तालाई कुल ८३.१३% लाभांश दिएको छ। 

गरिमा

गरिमा विकास बैंकले पछिल्लो ५ वर्षमा लगानीकर्तालाई कुल ७५.९६% लाभांश दिएको छ। बैंकले आर्थिक वर्ष २०७७–७८मा १६%, २०७६–७७मा बोनस १३.५% र नगद ०.७१% गरी कुुल १४.२१%, आर्थिक वर्ष २०७५–७६मा बोनस १६.१५% र नगद ०.८५% गरी कुल १७.००% लाभांश दिएको थियो। यस्तै आर्थिक वर्ष २०७४–७५मा कुल १३.७५% लाभांश दिँदा बैंकले आर्थिक वर्ष २०७३–७४मा १५% लाभांश वितरण गरेको थियो। 

महालक्ष्मी

महालक्ष्मीले आर्थिक वर्ष २०७७–७८मा आकर्षक २१.०५२६% लाभांश दिएको छ। बैंकले आर्थिक वर्ष २०७६–७७मा ९.२६%, आर्थिक वर्ष २०७५–७६मा १७.८९%, आर्थिक वर्ष २०७४–७५मा १५ र आर्थिक वर्ष २०७३–७४मा ९ लाभांश वितरण गरेको थियो। यो बैंकले पछिल्लो ५ वर्षमा लगानीकर्तालाई कुल ७२.२०२६% लाभांश दिएको छ। 

लुम्बिनी

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७७–७८मा लगाानीकर्तालाई कुल १३.६८४२% लाभांश प्रदान गरेको छ। आर्थिक वर्षमा २०७६–७७मा १०% लाभांश दिएको बैंकले आर्थिक वर्ष २०७५–७६मा २०% लाभांश दिएको थियो। बैंकले मुनाफाबाट लगानीकर्ताले आर्थिक वर्ष २०७४–७५मा १७.०७% लाभांश वितरण गरेको थियो। पछिल्लो ४ वर्षमा यस बैैंकले लगानीकर्तालाई कुुल ६०.७५४२% लाभांश दिएको छ। 

ज्योति

ज्योति विकास बैंकले पछिल्लो ५ वर्षमा लगानीकर्तालाई कुल ५६.६५% लाभांश दिएको छ। बैंकले आर्थिक वर्ष २०७७–७८मा १५.५% लाभांश, आर्थिक वर्षमा २०७६–७७मा १०%, २०७५–७६मा १२.७५%, २०७४–७५मा ८.४% र आर्थिक वर्ष २०७३–७४मा १० लाभांश वितरण गरेको थियो। 

कामना सेवा

कामना सेवा विकास बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७७–७८मा कुल १९.४७% लाभांश वितरण गरेको छ। बैंकले आर्थिक वर्ष २०७६–७७मा ४.६३%, आर्थिक वर्ष २०७५–७६मा ६.८%, आर्थिक वर्ष २०७४–७५मा ९.५% र आर्थिक वर्ष २०७३–७४मा १२% लाभांश वितरण गरेको थियो। पछिल्लो ५ वर्षमा बैैंकले लगानीकर्तालाई कुुल ५२.४% लाभांश दिएको छ।

सांग्रिला

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७–७८मा कुुल १०.५२६३% लाभांश दिएको थियो। जसमा १०% बोनस र ०.५२६३% नगद थियो। आर्थिक वर्ष २०७६–७७मा ५.००% बोनस र ०.२६३२% नगद गरी कुुल ५.२६३२% लाभांश दिएको सांग्रिलाले आर्थिक वर्ष २०७५–७६मा कुुल ८.९५९३% लाभांश वितरण गरेको थियो। बैंकले आर्थिक वर्ष २०७४–७५मा ९.४५% र आर्थिक वर्ष २०७३–७४मा ११.८% लाभांश दिएको थियो।

बैंकले पछिल्लो ५ वर्षमा कुल ४५.९९८८% लाभांश दिएको छ।