काठमाण्डौ। नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले उपलब्ध गराउने भएको छ।
आज आयोजित एक कार्यक्रमबीच वृज सिमेन्टका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोप्राइटर शिरिश पन्त र पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, शाखाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवाली बीच सहमति भएको हो।
पत्रकारहरुको हकहितका लागि स्थापना भएको महासंघ शाखालाई वृज सिमेन्टले प्रदान गरेको सहयोग अतुलनीय रहेको ज्ञवालीले बताए।
पुष्पतारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघसंस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ। फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानका लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्थाका रुपमा रहेको छ।
आगामी दिनमा समेत पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टसँग सहकार्य गर्दै अगाडि बढ्ने शाखा अध्यक्ष अधिकारीले बताए।
वृज सिमेन्टले पनि पत्रकार महासंघ चितवन शाखासँग सहकार्य गर्दै काम गर्न पाएमा खुसी व्यक्त गरेको छ।
12 minutes ago
26 minutes ago
30 minutes ago
40 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago