काठमाण्डौ । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजमा नयाँ सञ्चालक समिति चयन भएको छ। 

नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएपछिको यो पहिलो सञ्चालक समिति हो। यही सञ्चालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्नेलगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ। 

नर्भिकको नवनियुक्त सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन्। उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए। 

प्रबन्ध सञ्चालकका रुपमा मेघा चौधरी चयन भएकी छिन् भने सञ्चालकहरुमा भुवनचन्द भट्ट, मनिषकुमार खेम्का र बीएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन्। 

स्वतन्त्र सञ्चालकका रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन्। 

सञ्चालक समितिमा आमन्त्रितका रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन्। 

उनका अनुसार नर्भिकको सञ्चालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारका रुपमा वसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन्। सञ्चालक समितिमा आमन्त्रितका रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रसमेत रहेका छन्।