काठमाण्डौ । गुगलले गत फेब्रुअरीमा जी–मेलका लागि नयाँ युजर इन्टरफेस जारी गरेको थियो। जसमा मटेरियल यु स्टाइलिङ इफेक्टमा बढी फोकस थियो। अब कम्पनीले यसलाई सबैका लागि जारी गर्दैछ। अर्थात् प्रयोगकर्ताले नचाहे पनि यो नयाँ भ्यु जी–मेलको डिफल्ट सेटिङ हुनेछ।

नयाँ जी–मेल युजर इन्टरफेसमा प्रयोगकर्ताले अपडेटेड यूआई कलेक्ट बटन्स मेल, मिट, स्पेस र च्याटका लागि एउटा सूची पाउनेछन्। यी बटनहरु शीर्ष बायाँतर्फ देख्न सकिनेछ। यसअघि सूचीमा समावेश गरिएका सबै एकभन्दा बढी कन्भर्सेसन देखिन्थ्यो। 

यद्यपि तिनीहरु अझै पनि सजिलै एक्सेस गर्न सकिन्छ। नयाँ इन्टरफेसका साथ सबै कुरा एकैपटक स्क्रिनमा हुने छैन। यसबाट प्रयोगकर्ता कुने सेक्सनबाट कुनै कन्भर्सेससनमा क्विकली जम्प गर्न सक्नेछन्। प्रयोगकर्ताले जब माउसलाई आइकनमा राख्छन् तब लिस्ट पप आउट हुनेछ। 

यदि प्रयोगकर्ता कम्युनिकेसनलाई केबवल एउटा पर्टिकुलर फर्म स्क्रिनमा चाहन्छ भने त्यसलाई सजिलै गर्न सकिन्छ। किनकि च्याट र बाँकी एसिया तपाइँको इनबक्स र लेबल्समा लिस्टेड हुने छैन। गुगलका अनुसार प्रयोगकर्ता आफैँले कुन एप क्विक सेटिङ मेन्यूमा राख्ने भनेर छनोट गर्न सक्नेछन्। 

यदि प्रयोगकर्ता पुरानै लुक चाहन्छन् भने सोहीअनुसार स्विच गर्न सक्नेछन्। गुगलले यो एक्सटेन्डेड रोलआउट भएको जनाएको छ। यसले गर्दा प्रयोगकर्ताले जी–मेल इन्टरफेस परिवर्तन हुन केही हप्ता लाग्न सक्छ। यदि तपाइँ यसलाई अहिले ट्राई गर्न चाहनुहुन्छ भने यसका लागि अप्ट–इन गर्न सक्नुहुन्छ। यसका लागि, तपाइँ क्विक सेटिङ मेन्युमा जानुपर्नेछ। 

हालै जी–मेलले एउटा नयाँ फिचर जारी गरेको थियो। जसबाट अफलाइनबाट पनि मेल एक्सेस गर्न सकिने सुविधा दिइएको छ। –एजेन्सी