काठमाण्डौ । विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ। 

राजधानीमा बिहीबार आयोजित औपचारीक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोर सहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई  सम्मान तथा स्वागत गरेको हो । समारोहलाई सम्बोधन गर्दैं अध्यक्ष मोरले नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघको निमन्त्रणालाई स्वीकार गरी आरोहरण टोलीको सम्मानमा आयोजित स्वागत एवं बधाइ कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपालको सम्पुर्ण निजीक्षेत्रको साथै आफ्नो तर्फबाट समेत सबैमा हार्दिक स्वागत अभिवादन व्यक्त गरे। 

अध्यक्ष मोरले भने, ‘हामी सम्पूर्ण नेपालीका लागि ठूलो गौरवको विषय हो कि तपाइँहरुको भ्रमण दलले मित्र राष्ट्र पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो चुचुरो “के टु” को गत जनवरी १६, २०२१ का दिन हिउँदेयामको समयमा पहिलो सफल आरोहण गर्नुभएको छ। तपाइँहरुको यस कीर्तिमानी एवं साहसिक आरोहणबाट आफ्नो मात्र हैन नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल हुनुभएको छ। यस साहसिक आरोहणप्रति नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघका तर्फबाट यहाँहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं।’

हिमशिखर आरोहणमा नेपालका शेर्पा र युद्ध कौशलतामा “गोर्खाज”  विश्वमा प्रसिद्ध नाम हो। त्यसमा पनि साहसिक पदयात्रा र हिमालय आरोहणको क्षेत्रमा नेपालको शेर्पा समुह अग्रणी मात्र हैन अनुकरणिय कौशलताको एक पर्यायवाचि नै भएको अध्यक्ष मोरले बताए। ‘नेपालको पर्यटन प्रवद्र्धनको सम्वाहक यहाँहरु नै हो’, उनले भने, ‘यसबाट नेपालको प्राकृतिक सौन्दर्यता र ऐतिहासिक महत्व विशेषका क्षेत्रहरुलाई विश्वमा परिचित गराउन र कीर्ति फैलाउन ठूलो बल मिलेको नेपालको पर्यटन प्रवद्र्धनको सम्वाहक यहाँहरु नै हो।’

यसबाट नेपालको प्राकृतिक सौन्दर्यता र ऐतिहासिक महत्व विशेषका क्षेत्रहरुलाई विश्वमा परिचित गराउन र कीर्ति फैलाउन ठूलो बल मिलेको धारण अध्यक्ष मोरे व्यक्त गरे। उनले भने, “हिमालयको संरक्षण, पर्यटन प्रवद्र्धन र विशेषतः दूर्गम क्षेत्रको आर्थिक गतिविधि बढाउन मात्र होइन दुरदराजका बासिन्दाहरूको जीवनस्तर उकास्न र त्यस क्षेत्रको “शिक्षा स्वास्थ्य” का साथै पर्यटनको संरक्षणमा यहाँहरुले पुर्याउनुभएको योगदान अतुलनीय रहेको छ।”

कार्यक्रममा परिसंघका वरिष्ट उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाइ दिए। उनले भने, “आत्मविश्वास, लगाव र कठोर मेहनतले प्राप्त गरेको सफलताले नेपालको नाम विश्वभर परिचित गराउनुको साथै नेपालको नाम उच्चो बनाउनु भएको छ।  यहाँहरुको सफलता र मेहनतको हामी खुलेर प्रसंसा गर्न चाहान्छौं। कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई केही हदसम्म विश्वभर नेपालको नाम परिचित गराएर संसार भर आरोहण सफल गरेर नेपालीको नाम र नेपालीले गर्न सक्छ,आरोहण सफलताको समाचार विश्वभरका साढे ५ अर्ब  जनमानसमा पुगेको छ। यसले नेपालको पर्यटन क्षेत्रलाई पक्कै पनि कुनै न कुनै माध्यमबाट टेवा पुग्छ भन्ने मेले विश्वास लिएको छु।”

वरिष्ठ उपाध्यक्ष्य अग्रवालले आरोहण टोलीले असम्भवलाई पनि सम्भव बनाभएकोमा यसले सबैलाई कुनै पनि लक्ष्य हासिल गर्न ठूलो प्रेरणाको स्रोत बन्न गएको बताए। उनले भने, ‘आगामी दिनमा नेपाली प्रोडक्टहरुले यहाँहरुको आगामी दिनको यात्रामा सहयोगी बन्न चाहान्छौँ, यसले नेपाल र नेपाली प्रोडक्टको विश्वभर प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास छ।’

कार्यक्रममा टुरिजम कमिटीका संयोजक पम्फा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल के टु को सफल आरोहण गरेर विश्व र्कीिर्तमान कायम गरेकोमा बधाइ व्यक्त गरिन्। 

टोलीले ३ माघमा (जनवरी १६मा) साँझ ५ बजे सफल विश्वको दोस्रो अग्लो (८,६११ मिटर) चुचुरो के टूको आरोहण गरेको थियो। १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व किर्तिमान बनाएको थियो। सम्मान समारोहमा परिसंघका उपाध्यक्षहरु क्रमश अनुज अग्रवाल, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो।