काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एअरलायन्सका प्रतिनिधिबीच बिहीबार नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ।
भेटका अवसरमा दुवै पक्षले आपसमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जजिरा एअरलायन्सले २०७९ जेठ २ गतेदेखि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यवसायिक उडान गरेलगत्तै बोर्डले मध्यपूर्वका पर्यटकलाई नेपाल ल्याउने रणनीति अनुरुप जजिराका प्रतिनिधिसँग छलफल गरेको हो। कुवेतको जजिरा एयरलाइन्सले समेत नेपालमा उडान गर्दा मध्यपूर्व काममा जाने नेपाली श्रमिकबाहेक त्यो क्षेत्रबाट नेपालबाट पर्यटक ल्याउन सकिने जनाएको छ।
पर्यटन बोर्डमा भएको भेटमा बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनन्जय रेग्मीले जजिराको उडानले मध्यपूर्व काममा जाने नेपाली श्रमिकबाहेक त्यो क्षेत्रमबाट नेपालमा र्यिटकम ल्याउन पनि सहयोग पुग्ने बताए। उनले लुम्बिनीबाहेक चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रानीमहललगायतका क्षेत्रमा समेत मध्यपूर्वका पर्यटकलाई आकर्षित गर्न सकिने र यसका लागि जजिरासँग सहकार्य गरेर अगाडि बढ्न बोर्ड तयार रहेको जानकारी दिए।
यस्तै जजिरा एअरलायन्सका नेपाल तथा बंगलादेश एरिया म्यानेजर अर्जित गाँगुलीले नेपाली श्रमिकबाहेक नेपालमा मध्यपूर्वका पर्यटक आगमनको पनि पर्याप्त सम्भावना रहेकोले आफूहरुले बजार विस्तार गरेको जानकारी दिए। उनले जजिरा एअरलायन्स बोर्डसँग सहकार्य गरेर कार्य गर्न इच्छुक रहेको बताए।
कार्यक्रममा बोर्डका तर्फबाट वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपाल नेचर, कल्चर तथा एडभेनचरका दृष्टिले पर्यटकका लागि उपर्युक्त गन्तव्य भएकोले जजिराको उडानले दुवै पक्षलाई फाइदा पुग्ने धारणा राखिन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago