काठमाण्डौ । पर्यटन प्रवर्द्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ। 

काठमाण्डौको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी–व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो। 

प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। ‘कर्पोरेट गल्फमार्फत ुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ’, उनले भने, ‘गल्फमार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपूर्ण सहयोग पुग्छ भन्ने मैले अपेक्षा गरेको छु।’

गल्फ खेलमार्फत पर्यटन विकास पनि हुने भएकाले देशव्यापी बनाउन आवश्यक रहेको अध्यक्ष मल्लको भनाइ थियो। गल्फ खेलले शारीरिक विकास र मनोरञ्जनसंगै मानसिक स्वास्थ्यमा पनि सहयोग पुर्याउने भएकाले यसलाई ब्यापक बनाउनुपर्नेमा उनले जोड दिए।

रोयल नेपाल गल्फ क्लवसंगको सहकार्यमा चेम्बरले आगमी वर्ष पनि गल्फ प्रतियोगिता लाई निरन्तरता दिने मल्लले बताउ। 

गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकास मार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। यसका लागि निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था चेम्बरसँग १०० वर्षभन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो। 

शनिवार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मानसमेत गरे। पुरुषतर्फ नीतिममनी राज भण्डारी ४० उच्च स्कोरसहित पुरस्किृत हुनुभयो। महिलातर्फ ३२ स्कोरसहित आर्सिया बानुले पुरस्कृत भए। 

यस्तै चेम्बरको आमन्त्रित समूहतर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोरसहित पुरस्कृत भए।