फाइल फोटो
काठमाण्डौ । लामो पर्व विदाका कारण कात्तिकमा घरजग्गाको कारोबार घट्दा राजस्व पनि घटेको छ ।
असोजको महिनाको तुलनामा घरजग्गाको कारोबारसँगै राजस्वमा पनि कमि आएको छ । उक्त महिनामा घरजग्गा कारोबारबाट २ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उक्त महिनामा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड ५८ लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व संकलन भएको हो ।
उक्त महिनामा ७७ हजार १८५ वटा घरजग्गाको कारोबार भएको छ भने ७० हजार ११६ पटक कित्ताकाट भएको छ । यसैगरी कात्तिकमा देशभरका मालपोत कार्यालयहरुबाट २६ हजार ४६ लिखत पारित भएको छ।
असोज महिनामा १ लाख ४० हजार ५९० वटा घरजग्गाको कारोबार भएको थियो । असोज महिनामा घरजग्गा कारोबार हुँदा ४ अर्ब ४३ करोड ५४ लाख ८८ हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको थियो ।
दसैं र तिहार एकै महिना पर्दा कात्तिकमा चार वटा शनिबारबाहेक १० दिन सार्वजनिक बिदा परेको थियो। जसका कारण घरजग्गा कारोबार संख्यासँगै राजस्वमासमेत असर परेको हो।
त्यसो त भदौको तुलनामा घरजग्गा कारोबार अघिल्लो महिना असोजमा केही बढेको थियो। बैंकको ब्याजदर, लगानी गर्ने आँट र खरिदकर्ता नभेट्नुले घरजग्गा कारोबार निरन्तर सिथिल बनिरहेको घरजग्गा व्यवसायीको भनाइ छ।
घरजग्गा कारोबार चलायमान नहुँदा समग्र अर्थतन्त्र नै संकुचित भएको भन्दै सरकारले तीन महिनाअघि कित्ताकाट खुलाउने निर्णय गरेको थियो। कित्ताकाट खुलाए पनि घरजग्गा कारोबार आशा गरे अनुरुप माथि जान सकेको छैन ।
महिनैपिच्छे बैंकको ब्याजदर घट्दै गएकाले विभिन्न क्षेत्रमा कर्जा लगानी बढ्ने अनुमान व्यवसायीहरुले गरेका छन् ।
बचतको ब्याजदर बढ्दा बैंकको लागत बढ्ने भएकोले आधारदर (बेसरेट) पनि बढ्न गइ कर्जाको ब्याजदर बढ्न जान्छ । बचतको ब्याजदर घट्दा लागत पनि घट्ने हुनाले बैंकको आधार दर घट्न गई कर्जाको ब्याजदर पनि घट्ने हुन्छ ।
बैंकले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर तोक्ने गर्छन् ।
पछिल्लो समय घरजग्गा कर्जाकै ब्याजदर ११ प्रतिशत बिन्दूमा झर्न थालिसकेको छ । बैंकले कर्जाको ब्याजदर घटाएपछि घरजग्गामा कर्जा लगानी पनि बढ्दै जाने अनुमान गर्न सकिन्छ ।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago