काठमाण्डौ । घर खरिद गर्नु एउटा सपना पूरा हुनु हो भन्दा फरक पर्दैन । आफ्नै घर होस् भन्ने चाहना सबैको हुन्छ । यदि तपाइँले घर खरिद गर्ने सोंच बनाउनु भएको छ र होम लोन लिन चाहनुहुन्छ भने सबैभन्दा पहिले केही विशेष कुरामा ध्यान दिनुपर्ने हुन्छ । 

होम लोनले व्यक्तिलाई आफ्नो आर्थिक अवस्था वा भविष्यको आयको फाइदा उठाउन र सपनाको घर खरिद गर्न सहयोग गर्ने गर्दछ । त्यसैले होम लोन लिनुअघि ती महत्वपूर्ण कारकहरुका बारेमा जान्न आवश्यक छ, जसले उत्तम होम लोन डिल प्रदान गर्न सहयोग गर्नसक्छ । 

१. क्रेडिट स्कोर जाँच्नुहोस् 
जब तपाइँले कर्जाका लागि आवेदन दिनुहुन्छ, तब कर्जा दिने सबै संस्थाहरुले सबैभन्दा पहिले दिने भनेकै क्रेडिट स्कोर हो । तपाइँको कर्जाको राशी जुन स्वीकृत हुन सक्छ वा ब्याज दर, यी सबै तपाइँको क्रेडिट स्कोरमा निर्भर रहने गर्दछ । एउटा उत्कृष्ट क्रेडिट रेटिङका आधारमा तपाइँले राम्रो ब्याजदरमा ठूलो परिणाममा कर्जाको लाभ उठाउन सक्नुहुन्छ । ८०० बेसिस प्वाइन्टभन्दा माथिको क्रेडिट स्कोरलाई राम्रो मानिने गरिन्छ । यो चलन नेपालमा पनि बिस्तारै सुरु हुँदैछ । नेपालमा समेत लोन दिंदा उसको क्रेडिट हिस्ट्री हेर्ने गरिन्छ । 

बैंक जस्तै कर्जा दिने अन्य संस्थाहरुले पनि राम्रो क्रेडिट स्कोर वा इतिहास भएका आवेदकहरुलाई प्राथमिकतामा राख्ने गर्छन् । किनकी यसले कर्जा लिने व्यक्तिलाई समयमै कर्जा भुक्तानी गर्ने इमानदार र योग्य ग्राहकका रुपमा चिनाउने गर्दछ । वर्तमान ईएमआई र क्रेडिट कार्ड बिलहरु समयमै भुक्तानी गरेर आफ्नो क्रेडिट स्कोर सुधार गर्न सकिन्छ । 

एकपटक क्रेडिट स्कोर थाहा पाईसकेपछि आवश्यक सम्पूर्ण कागजात रहेको सुनिश्चित गर्नुपर्छ । 

२. ज्वाइन्ट होम लोन लिनुहोस् 
ज्वाइन्ट होम लोनका कयौँ फाइदाहरु छन् । जब तपाइँले एकजना सह–आवेदकलाई जोड्नुहुन्छ, तब तपाइँको होम लोनको योग्यता बढ्न पुग्छ । किनकी कर्जा प्रवाह गर्न संस्थाहरुले कर्जा राशि तय गर्नेबेला सबै आवेदकहरुको आय स्तरमा ध्यान दिने गर्दछन् । ज्वाइन्ट होम लोनले पनि सबै आवेदकहरुलाई पुनर्भुक्तानीमा कर कटौति लाभको दाबी गर्न योग्य बनाउने गर्दछ । यदि आवेदकहरुमध्ये एकजना महिला छिन् भने केही बैंकहरुले आधा प्रतिशतसम्म ब्याजदर कम गर्न सक्छन् । यी लाभहरुका अलावा यदि लोन संयुक्त रुपमा लिइएको छ भने, होम लोन तिर्ने जिम्मेवारी दुवै व्यक्तिहरुद्वारा साझेदारी गर्न सकिन्छ । 

३. कमभन्दा कम ब्याजदर 
भिन्न–भिन्न बैंकले अलग अलग ब्याज दरहरु प्रस्ताव गर्ने गर्दछन् र यसको हेरफेरका लागि समेत तयार रहने गर्दछन् । यहासम्म कि १० देखि २० आधार अंकको एउटा सानो छुटले तपाइँलाई प्रति महिना एउटा महत्वपूर्ण धनराशि बचाउनमा सहयोग गर्न सक्छ । अझ विशेष गरेर दिर्घकालका लागि ।

त्यसैले कम ब्याज दरमा कर्जा दिने बैंक तथा संस्थाहरु पहिचान गर्नुपर्छ । यदि आवेदकले बन्दै गरेको घर खरिद गर्दैछ र कर्जा प्रदान गर्नका लागि पूर्व अनुमोदित बैंकर छ भने खरिदकर्ताले यस्तो लोनको लाभ उठाउन सक्छ । किनकी कर्जा प्रदान गर्ने बैंक वा संस्थाले यसलाई चाँडो प्रोसेस गर्न सक्छ । यसको अलावा अन्य बैंक वा संस्थाको तुलनामा कम ब्याजदरमा समेत कर्जा प्राप्त गर्न सकिन्छ । 

४. कागजातको सम्पूर्ण विवरण राम्ररी पढ्नुहोस् 
कर्जा प्रवाह गर्नुअघि बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाउँछन् । तथापि ती सबै कागजातहरुलाई राम्रो पढ्नु गाह्रो काम हो, तर जति सकिन्छ त्यसलाई राम्रोसँग पढ्ने प्रयास गर्नपर्छ । सानो फन्टमा लेखिएका अक्षरहरु ध्यान दिएर पढ्नुपर्छ । किनकी यसमा आमरुपमा यस्ता नियम तथा शर्तहरु हुन्छन्, जो तपाइँको हितका विरुद्ध हुने गर्छन । 

५.डाउन पेमेन्टलाई अधिकतम गर्नुहोस् र समयावधि कम गर्नुहोस
नेपालका बैंक तथा वित्तीय संस्थाहरुले नियमानुसार कुनै पनि घरको बजार मूल्यको ६० प्रतिशतसम्म लोन दिन्छन् । तर, बैंकसँग समझदारी गरियो भने यस्तो लोन ७० प्रतिशतभन्दा माथिसम्म पनि पाइन्छ । तर, यसरी लोन लिँदा आफूलाई ब्याज तथा किस्ताको भार बढी नपर्ने गरी व्यवस्थापन गर्नुपर्छ । ५० प्रतिशतसम्म पैसा आफैंले जुटाएर बाँकी रकम मात्र बैंकबाट लिन सकियो र बढी अवधिका लागि लिन सकियो भने कम इएमआई पर्छ । यसले तपाईको अन्य आर्थिक व्यवस्थापनका जिम्मेवारी खलबलिन दिंदैन । 

नेपालमा केही बैंकहरुले कर्जा पुर्नभुक्तानीका लागि ४५ वर्षसम्मको लामो अवधि प्रदान गर्ने गर्छन, तर २० वर्षभन्दा अधिकको समयावधि छनोट नगर्ने प्रयास गर्नुपर्छ । यसको कारण यो होकि कि लामो अवधिमा ऋण लिने व्यक्तिले ब्याजका रुपमा धरै भुक्तानी गर्नुपर्ने हुन्छ र ब्याज दरमा हुने अस्थिरताको जोखिमको सामना समेत गर्नुपर्ने हुन्छ।