काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ यो फाइनान्सले ११९.५५ प्रतिशतको वृद्धि हासिल गरेको हो । 

फाइनान्सले मंगलबार जारी गरेको बित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा ७५ लाख ३ हजार रुपैयाँ खूद नाफा कमाएकोमा यो वर्ष सोही अवधिमा १ करोड ६४ लाख नाफा आर्जन गर्न सफल भएको छ । 

अघिल्लो वर्ष २ करोड ५३ लाख खूद ब्याज आम्दानी भएकोमा यो वर्ष बढेर ३ करोड ९९ लाख पुगेको छ । यो कम्पनीको चुक्तापूँजी ४९ करोड ११ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ३ लाख रुपैयाँ छ ।

फाइनान्सले ३ अर्ब ८ करोड निक्षेप संकलन गरी २ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८६ करोड निक्षेप संकलन गरी २ अर्ब ३४ करोड कर्जा लगानी गरेको थियो । 

पोखरा फाइनान्सको संचालन नाफातर्फ पनि राम्रो प्रगति भएको छ । अघिललो वर्ष १ करोड १७ लाख रहेको संचालन नाफा बढेर यो वर्ष २ करोड ५८ लाख पुगेको छ । 

निस्क्रिय कर्जा दरतर्फ पनि सामान्य सुधार भएको छ । अघिल्लो वर्ष २.२८ प्रतिशत रहेको एनपीएल यो वर्ष २.१६ प्रतिशतमा आइपुगेको हो । यो कम्पनीको प्रति सेयर आम्दानी १३.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.४९ गुणा कायम भएको छ ।