काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँचथर पावर कम्पनीको नाफा ५५.५२ प्रतिशतले घटेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनी नाफा ६ करोड ६४ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १२.९८ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ३० करोड ७५ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटेर २६ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ। 

कम्पनीको रिजर्भ ११ करोड ५ लाख रुपैयाँले ऋणात्मक बनेको छ। गत वर्ष पनि रिजर्भ १५ करोड ७२ लाखले ऋणात्मक थियो। 

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १२.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने ८८.५१ रुपैयाँ रहेको छ।