काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५ वटा शाखा कार्यालय घटाउने भएको छ।
कम्पनीले साबिक सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स आपसमा गाभिएपश्चात् एकैस्थानमा रहेका साबिकका शाखा कार्यालयसमेत समयोजन गर्ने भएको हो।
कम्पनीले असोज १ गतेदेखि लागू हुनेगरी एकैस्थानमा रहेका शाखाहरु गाभिने जनाएको छ। कम्पनीले सबैला, बागमती, नयाँपुल, सिमलटारी र बेलौरी शाखा कार्यालय सोही स्थानकै अर्को शाखा कार्यालयमा गाभिने जनाएको छ।
कम्पनीका अनुसार धनुषाको सबैला नगरपालिका–३ मा रहेको सबैला शाखा सहिदनगर नगरपालिका–३ को युदुकुहा शाखामा गाभ्न गाभिने छ। त्यस्तै, सर्लाहीको बागमती नगरपालिका–१२ मा रहेको बागमती शाखा हरिवन नगरपालिका–११ मा रहेको हरिवन शाखामा समायोजन हुने कम्पनीले जनाएको छ।
यसैगरी कास्कीको अन्नपूर्ण गाउँपालिका–५मा रहेको नयाँपुल शाखा पर्वतको कुश्मा नगरपालिका–६ कुश्मा शाखामा, गुल्मीको मालिका गाउँपालिका–८मा रहेका सिमलटारी शाखा गुल्मीकै रेसुंगा नगरपालिका–८को गुल्मी शाखामा र कञ्चनपुरको बेलौरी नगरपालिका–४मा रहेको बेलौरी शाखा पुनर्बास नगरपालिका–२स्थित पुनर्वास शाखा कार्यालयमा समायोजन हुनेछ।
पाँचवटा शाखा कार्यालय भोलिदेखि सोही स्थानमा रहेको अन्य शाखासँग गाभिने भएकोले हाल गाभिने शाखा कार्यालयबाट प्रवाह भइरहेको सम्पूर्ण सेवाहरु गाभिएको शाखाबाट प्रवाह हुने कम्पनीले जनाएको छ। यसका साथै शाखा समायोजनमा केही कठिनाइ उत्पन्न भएमा बीमित, अभिकर्ता तथा अन्य सेवाग्राहीले कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको ज्ञानेश्वरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
22 hours ago
22 hours ago