काठमाण्डौ । पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स यही मंसिर १० गतेदेखि ६ दिनसम्मको लागि काठमाडौंमा सुरु हुने भएको छ । 

प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा हुने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

प्रतियोगितामा २४ कर्पोरेट हाउस सहभागी हुने छन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गर्नेछन् । यसैबीच प्रतियोगिताको ट्रफि, जर्सि र टाइसिट पनि सार्वजनिक गरेको थियो । 

उक्त पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रञ्जन खड्काको उपस्थिती थियो ।