काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा सोमबार पाल्पाको तिनाउ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यस जिल्लामा बैंकको यो दोस्रो शाखा हो । 

अब, लक्ष्मी बैंकको शाखा सञ्जाल ४१ जिल्लामा ७८ वटा, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास व्यक्त गरेको छ ।

आ.व. २०७३/७४ मा ५९.३२  अरब निक्षेप र ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोही आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो।