काठमाण्डौ । बहुप्रतीक्षित ‘२०२१ फोर्स गोर्खा’ को न्यु जेनेरेसन मोडल भारतमा लन्च गरिएको छ।

भारतमा यो कार भारु १३.५९ लाखका साथ लन्च गरिएको छ। यो कारले भारतमा महिन्द्रा थारसँग हुने भनिएको छ। मन्द्रिा थारको मूल्य भारु १२.९८ लाखदेखि भारु १५.०८ लाखको बीचमा हुनेछ। 

फोर्स गोर्खाको डेलिभरी आगामी अक्टोबर महिनाभित्र हुने बताइएको छ। यो कारलाई मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा बनाइएको छ। यो कारको नयाँ मोडल पुरानो भर्जनको तुलनामा धेरै लामो रहेको छ।

यो कार भारतीय बजारमा रेड, अरेन्ज, ह्वाइट, ग्रिन र ग्रे गरी ५ कलर अप्सनमा उपलब्ध हुनेछ। नयाँ फोर्स गोर्खा ४११६एमएम लामो, १८१२एमएम चौडा र २०७५एमएम अग्लो रहेको छ। कारको टर्निङ रेडियस ५.६५ मिटर रहेको छ।

नयाँ फोर्स गोर्खा २.६ लिटर मर्सेडिज कमन रेल, डायरेक्ट इन्जेक्टेड टर्बोचाज्र्ड डिजेल इन्जिन दिइएको छ। जसले ९१बीएचपी पावर र २५०एनएम टार्क जेनेरेट गर्छ। पावरट्रेनलाई ५ स्पिड मर्सेडिज जी–२८ गियरबक्सले पेयर गरिएको छ। – एजेन्सी