काठमाण्डौ । बीएमडब्ल्यू कम्पनीले बिहीबार भारतीय बजारमा नयाँ बीएमडब्ल्यू एक्स सिक्स कार लन्च गरेको छ।

यो कुप एसयूभी दुई भेरियन्ट एक्स लाइन र एम स्पोर्टमा बजारमा ल्याइएको छ। दुवै भेरियन्टको मूल्य भारु ९५ लाख रहेको छ। 

यी दुवै नयाँ एसयूभीमा अहिले केवल पेट्रोल इन्जिन दिइएको छ। केही समयपछि यी कार डिजेल इन्जिनमा पनि आउने आशा गरिएको छ।

नयाँ बीएमडब्ल्यू एक्स सिक्समा ठूलो ट्विन किडनी ग्रिल, ट्विन पोड एलईडी हेडलाइट्स, एल सेप लिड टेल लाइट्स र स्लोपिङ रुफलाइन दिइएको छ। एसयूभीको एक्स लाइन भेरियन्टमा एल्युमिनियम फिनिस ग्रिल, एक्स लाइन स्पेसिफिक स्यर इनलेट्स, ग्लास ब्ल्याक लेटरल ग्रिल्स, ऐल्युमिनिसन फिनिसका साथै एग्जस्ट टिप र एयर बिथर सराउन्ड रहेकाछन्। 

एसयूभीको एम स्पोर्ट भेरियन्टमा एम एरोडायनेमिक्स प्याकेजका साथ आउनेछ। यसमा छुट्टै बम्पर, साइड स्कर्टस, एम ब्याज, ब्लू ब्रेक क्यालिपर्स, एम डोर सिल फिनिसर्स, एम स्पेसिफिक प्याडल्स र एम स्पार्ट एग्जस्ट समावेश छन्। 

इन्टिरियर

बीएमडब्ल्यूको यो नयाँ एसयूभीमा १२.३ इन्ज डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ। इन्फोटेनमेन्ट आई–ड्राइभ टच, वोयस कन्ट्रोल, गेस्चर कन्ट्रोल र एप्पल कारप्ले सपोर्टका आउनेछ। यसका साथै यो शानदार एसयूभीमा रेन–सेन्सिङ वाइपर्स, अटोमेटिक हेडलाइट्स, प्यानोरमिक रुफ ग्लास, २.ब्५ जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र रियर भ्यू क्यामेराजस्ता फिचर्स पनि छन्। 

अप्सन फिचर्स

एसयूभीमा सफ्ट क्लोज डोर, ४ जोन ओमेटिक क्लाइमेट कन्ट्रोल, बीएमडब्ल्यू लेजर लाइट, स्टप र गो फङ्सनका साथै याक्टिभ क्रुज कन्ट्रोल, हेड्स अप डिस्प्ले र हर्मन कार्डन अडियो सिस्टमजस्ता फिचर्स अप्सनल दिइएको छ। 

पावर र रफ्तार

नयाँ बीएमडब्ल्यू एक्स सिक्समा ३.० लिटर ६ सिलिन्डर पेट्रोल इन्जिन रहेको छ। यो इन्जिनले ५५ सय देखि ६५ सय आरपीएम मा ३३५ बीपीएचको पावर र १५ सय देखि ५२ सय आरपीएममा ४५० एनएम टार्क जेनरेट गर्न सक्छ। इन्जिन ८ स्पिड अटोमेटिक ट्रान्समिसनबाट सुसज्जित छ र यो अल ह्विल ड्राइभ सिस्टममा आधारित छ। 

कम्पनीको दाबी छ कि यो कुप एसयूभी मात्र ५.५ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार समात्न सक्छ। – एजेन्सी