काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालमा 'होल्ड इज गोल्ड'को ट्रेण्डिङ चलेको छ । बुुलिस रनमा कुुदिरहेको हाल सेयर बजारमा 'होल्ड इज गोल्ड' ट्रेण्डिङलाई अभियानकै रुपमा संचालन गरिएको छ । हरि ढकाल र केही लगानीकर्ता यसलाई अभियानकै रुपमा अगाडि बढाइरहेका छन् । ढकाल सेयर लगानीकर्ता दबाब समूूहका अध्यक्ष र पूूँजी बजार विकास तथा विस्तारमा आम लगानीकर्ताले क्रान्तिकारी छवि भएको सेयर लगानीकर्ताका रुपमा चिनिदै आएका छन् । ढकाल र उनका साथीहरुले यही बेला नै किन होल्ड इज गोल्डको अभियान चलाइरहेका छन् ? यही अवस्थामा किन आवश्यक छ होल्ड ? अनि अहिलेको होल्ड कसरी बन्छ गोल्ड ?  

ढकालले लगानीकर्तामा सेयर बजारबारे बुुलिस र वियरिस मनोविज्ञान हुुने गरेको उल्लेख गर्दै बुुलिस मनोविज्ञानमा लगानीकर्ताको मनोबल बढ्दै जाने बताए । 'नियामक निकायका सकारात्मक कदमले लगानीकर्तामा मनोबल उक्सँदै जान्छ।'उनी भन्छन्-'आमरण अनसन बसेर पूूँजीबजारको विकास र विस्तारका लागि गरिएका मागहरुको सरकारले सम्बोधन गर्न थालेको छ । राज्यलाई पूूँजी बजारको खाँचो भइरहेको प्रत्याभूति हामीले गरेका छौं भने नेपाल धितोपत्र बोर्डका नवनियुुक्त अध्यक्षको सकारात्मक अभिव्यक्तिले बजारमा स्थायीत्व पाउँछ भन्ने बुझाइ हो ।' 

नयाँ लगानीकर्तालाई हालको बुुलिस बजारमा ट्रेडर नबन्न ढकाल सुुझाउँदै भन्छन्-'नयाँमा अनुुभव र ज्ञानको कमी हुुन्छ । मेरो आग्रह छ कि ३ दिनका लागि कारोबारी नबन्नुुस् ।' 

उनले नेप्से इण्डेक्स अब कति पुुग्ला भन्ने केवल अनुुमान गर्ने चीज मात्र  रहेको उल्लेख गर्दै भने-'बजार आफैंंले हिजोआज मज्जैले बोलिरहेको छ । कारोबार रकममा समेत अभूूतपूूर्व उछाल र उमंग छाइरहेको देखिन्छ ।'

हामीले होल्ड इज गोल्डको प्रसंग कोट्याउँदा ढकाल आग्रह गर्दै भन्छन्-'विगत ४३ महिनादेखि आफ्नो पोर्टफोलियो जोगाउनुु भयो भने अब किन आत्तिने ? तपाईँ नआत्तिकन होल्ड गर्नुस् । मैले नै स्लोगन सुुरु गरेको हुुँ,होल्ड इज गोल्ड । मैले भन्न खोजेको चाहिँ पित्तल बनेका सामान सुुन बन्ने दिन सन्निकट छ ।' 

उनले अब बाँकी २ वा ३ वर्ष जति अझ होल्ड गर्न सके सुुन बन्ने ठोकुुवै गरे ।

'होल्ड इज गोल्ड'को कन्सेप्टलाई सामाजिक सञ्जालमा अगाडि बढाउनु पछाडिको बेग्लै अर्थ भएको बताए । उनीसँग भएका केही स्क्रिप्ट अत्यास लागेर बेच्ने मन आइसकेको रहेछ । अनेक प्रयत्नका बाबजुद उनले अन्तिम बल लगाएरै भए पनि ती स्क्रिप्टलाई जोगाए रे । तर साँच्चै उनको भिजनले अन्त्यमा काम गरेछ । ती स्क्रिप्टहरु जोगाउँदा अलटाइम हाइ (१८८१ विन्दूू) हुूँदा खरिद गरिएका सेयर आजको दिन नै नाफामा जान थालेको उनले जिकिरसमेत गरे । '६ महिनाअघिकै कुुरा हो ६ महिनामा नै यति बढ्छ भन्ने कल्पनासमेत गरेको थिइनँ । म त पारदर्शी मान्छे, म सप्रमाण दिन सक्छु।'-उनले आत्मविश्वासका साथ भने ।  

'म अलिक धार्मिक व्यक्ति र आत्मचिन्तन गर्ने भएर नै होला खै कताकता बजार बढ्छ अनि सेयरमूूल्य पनि बढ्छ भन्ने भित्रैबाट सोचाइ आयो।'ढकालले बिजशालासँग भने-'होल्ड गर्न सके गोल्ड बन्दोरहेछ भनेर मसँग आज प्रमाण नै छ । यही विषयको अनुुभव नै मैले सामाजिक सञ्जालमा स्टाटस लेखेर अभियानका रुपमा अघि बढाएको हुँ । प्यानिक लगानीकर्ताहरुलाई जोगाउन र मनोबल बढाउन मैले होल्ड गर्ने काम गरेको हुँ । जसको प्रयोगबाट म सफल भएको उदाहरण पनि हो ।'

ढकालले वियरिसको पीडाको अन्त गर्न होल्ड गर्न सक्ने उत्साह जुुटाएर पीडालाई खुुशीमा बदल्न सकिन्छ भनेर पनि होल्ड इज गोल्डको अभियान चलाएको दाबी गरे ।

गत वर्ष पूूँजीबजारको विकास तथा विस्तारका लागि गरिएको आन्दोलनमा सद्भाव र साथ दिने सम्पूूर्ण लगानीकर्ताप्रति धन्यवाद दिँदै ढकाल भन्छन् -'अत्यासलाग्दो बजार र घटाइमा पनि नहडबढाई आफ्नो पोर्टफोलियो जोगाउन सबै लगानीकर्ता साथीहरुमा आग्रह गर्दछुु ।' 

गत असोज महिनापछि ढकालले आफू निराश भई सेयर बजार छाडेर अन्य कुुनै सेक्टरमा सक्रिय हुुने योजना बुुनेको रहस्य पनि खोले । तर त्यो सोंच आउदै गर्दा बजारमा आत्मसमर्पण नगर्ने भावना एकाएक ढकालमा आएको रहेछ । सोही भावनाले एकचोटि घच्घचाउँदा 'होल्ड इज गोल्ड'को विचार फुुरेको उनले सम्झे ।

'मैले गत मंसिर १८ गते बिजशालामार्फत् बजारले अब निकट समयमै गति लिने भनेको थिएँ, ढकालले भने-'कति लगानीकर्ताले मेरो कुुरा पत्याउनुु भएन र विश्वास पनि गर्नुुभएन । यही दौरानमा राम्रा र उचित लाभांश दिने कम्पनीहरु  होल्ड गर्दा पक्कै पनि गोल्ड बन्ने भन्ने खालका स्टाटसहरु फेसबुुकमा मैले देखेको थिएँ ।' ढकालले विगत सम्झँदै भने-'अनि मैले पनि त्यो अभियान सुुरु गरेँ ।
अलटाइम हाइमा लगानी ओइराएका सेयर लगानीकर्ताहरुले आफ्नो अभियानलाई साथ दिँदै आएका ढकाल सुनाउँछन् ।' 

ढकाल आफूूले ७० प्रतिशत लगानीकर्ता र ३० प्रतिशत मात्र ट्रेडर भएको बताउँछन् । समग्र अर्थतन्त्रले सकारात्मक लय समात्दै गर्दा नेपालमा लगानीको माहौल बनिरहेको ढकालको बुुझाइ छ ।

ढकालले लगानीकर्तालाई इण्डेक्सलाई नै आधार बनाएर लगानी निर्णय गर्न नहुुने बताउँदै सेयर बजार बुुट्टोबाट फल लाग्ने तरखरमा पुुगेको जिकिर गरे । निकट समयमा नै सेयर लगानीकर्ता मालामाल हुने अवस्थाको सिर्जना भइरहेको उनको ठम्याइ छ ।

विश्वका बिलेनियनरहरु सेयर बजारले नै जन्माएका उल्लेख गर्दै ढकाल निकट समयमा सेयर बजारबाट प्रशस्तै कमाइ हुुुने विचार राख्छन् । भेटेरान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको शब्द सापटी लिँदै कुराको बिट मार्ने क्रममा उनले भने-'गुुणात्मक कमाइ हुने दिन आइसक्यो, होल्ड इज गोल्ड ।'