काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले लमजुङ जिल्लामा निर्माण गर्न लागेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ का लागि आवश्यक लगानी आवश्यक स्वपुँजी जुटाउन आईपीओ जारी गर्न लागेको हो। कम्पनीले १०० अंकित दरका कुल ८२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। 

आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। 

यसैगरी कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। योसम्बन्धी सम्झौतापत्रमा मंगलबार सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले हस्ताक्ष गरेका छन्। 

पिपुल्स हाइड्रोपावर कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल असोज २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रालिका रुपमा दर्ता भई २०७५ फागुन १५ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो। कम्पनीको गण्डकी प्रदेशको लमजुङको दोर्दी गाउँपालिका (तत्कालीन ढोडेनी/फलेनी गाविस) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७०५ सम्पन्न भएको छ। आगामी २०७८ साल असोज महिनाभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने कम्पनीको योजना रहेको छ।